कार्तिक, सल्यान- सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरू ९ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो । मिनी ट्रक दुर्घटना हुँदा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका र १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारीको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।