सुर्खेत, माघ २२ -कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट पहिलो पटक वीरेन्द्रनगर छिन्चु मालारानी हुँदै सल्यान दाङ्ग काठमाण्डौ रात्री बस सूरु भएको छ । माघको २० गतेदेखि सुर्खेतदेखी बोटेचौर मालारानी दाङ तुल्सिपुर हुँदै काठमाडौ सम्मको लागि रात्री सेवा( नाइट )बस सुरु भएको हो ।
सुर्खेतको विरेन्द्रनगर देखि छिन्चु बोटेचौर, मालारानी, तुल्सीपुर हुदै काठमाडौ जानको लागि बस सूरु भएको हो । माघ २० गतेबाट दैनिक एक रात्री बस काठमाडौ जान सूरु गरेको मध्यपश्चिम यातयात सेवा प्रालि सुर्खेत मारालानी काउण्टका कर्मचारी यामबहादुर पुनले जानकारी दिनुभयो । यो रुटबाट दैनिक विरेन्द्रनगरबाट दिउँसो साँढे २ बजे, बोटेचौरबाट साँढे ४ बजे गाडी चल्ने गर्छ । वीरेन्द्रनगर छिन्चु बाँकेको कोहलपुर हुँदै काठमाण्डौ जाने रात्री बसको भाडा भन्दा सल्यान रुटबाट केही सस्तो रहेको पुनको भनाई छ ।
अहिले यस रुटबाट २ हजार मालारानीबाट गाडी भाडा लाग्छ भने कोहलपुर हुँदै जाँदा काठमाण्डौ गाडी भाडा बोटेचौरबाट २४ सय रुपैँया लाग्ने गर्छ । यो रुटमा रात्री बस सेवा सुरुसंगै सुर्खेतको पुर्वी क्षेत्रका नागरिक, सल्यान कालीमाटी र दाङ्गका पश्चिमका नागरिक लाभान्वित भएका छन् ।